आगलागीमा परी महिलाको मृत्यु

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगी मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो। शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved