हेलिकप्टर दुर्घटना अपडेट : पर्यटनमन्त्रीसहित छ जनाको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा अधिकारीसहित हेलिकप्टर सवार छ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । घटनास्थलमा छ जनाको शव भेटिएको र घटनास्थलमा प्रहरी टोली पुगिसकेको संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीले जानकारी दिए ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved