ताप्लेजुङमा फेला प¥यो गोलीसहित रिभल्वर

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त गोली सहितको रिभल्वर फेला पारेको हो ।

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved