केही काम गर्न सकेन ओली सरकारले : कमल थापा

  • प्रकाशित मितिः कार्तिक, 17, 2075
  • पहिलोकिताव संवादताता

ताप्लेजुङ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको सरकारले जनताको हक हितका विषयमा काम गर्न नसकेको बताएका छन् ।

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ पु्गेका अध्यक्ष थापाले शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

उनले ओली सरकार बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा पूर्णरुपले असफल रहेको बताएका छन् ।

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उनले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved