नवलपरासीबाट १८ जना जुवाडे पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 4, 2076
  • पहिलो किताब संवाददाता

नवलपरासी/ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ ।

प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले जानकारी दिए ।

जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved