समाज सेवी युवा समूहद्वारा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः श्रावण, 7, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / समाज सेवी युवा समूह इटहरीले भलिबल खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् । इटहरी ३ स्थित तामाङ टोलमा रहेको युवा भलिबल टिमलाई राज लिम्बुको विशेष सहयोगमा सामाग्री प्रदान गरिएको हो । समाज सेवी युवा समृूहका अध्यक्ष सुसान मोक्तान (सुसु) ले सोमबार आयोजित एक कार्यक्रम बिच भलिबल टिम क्याप्टेन अर्जुन स्याङबोलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मोक्तानले समाजसेवी युवा समूह निरन्तर युवा प्रेरित कार्यक्रममा अगाडि बढी रहने बताएका छन् । त्यस्तै उनले सामाजिक सेवा कार्य गर्न सफल बनाउन सहयोग गर्ने आदिवासी जनजाती युवा महासंघका इटहरी सह-सचिव विजय तामाङ, कुमार तामाङ र राज लिम्बुलाई विशेष धन्यवाद दिए । 

इटहरी आसपासका क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सक्रिय युवा प्रेमी सुशन मोक्तानको नेतृत्वमा गठित यस संस्थाले विभिन्न सामाजिक कार्यमा सहयोग पु««याउदै आइरहेको छ । यस अघि यस संस्थाले इटहरीकै सामुदायिक सिंहदेवी आधारभुत विद्यालयको सम्पूर्ण विद्यार्थीहरुलाई जुत्ता, ट्रयाक सुट,कापी कलम प्रदान गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved