इटहरीमा भब्यताकासाथ मनाइयो पूर्व राज ज्ञानेन्द्रको जन्म उत्सव

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / आस्थावान नेपालीकोे आयोजनामा इटहरीको वीरेन्द्रचोकमा तमाम हिन्दुवादी संगठनको सहभागीतामा पूर्व राजा ज्ञानेन्द्र शाहको ७३ औं जन्म उत्सव मनाइएको छ । आफन्तहरुको निधन भएको कारण देखाउँदै यो वर्ष जन्मोत्सव नमनाउने पूर्वराजा ज्ञानेन्द्रले घोेषणा गरेपनि उनका समर्थकहरुले इटहरीमा जन्मदिन मनाएका हुन् । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित गरेको थिए ।

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने भनेपनि उनका सर्मथकले सोमबार इटहरीको वीरेन्द्रचोकमा भेला भई साँझ ६ बजे दिप प्रज्वलन गरी शाहको जन्मोत्सव भब्यताकासाथ मनाएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मदिन मनाउने क्रममा इटहरीमा राजावादीहरुले राजातन्त्रमा प्रयोग हुने शाही झण्डा चोकमा फरफराएका छन् । राजाबादीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय झण्डासहित जन्मोत्सव मनाउन भेला भएका राजावादीहरुले दिप प्रज्वलन गर्दै राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

शिवसेना नेपालका सुनसरी अध्यक्ष सुरज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका जिल्ला संयोजक दुर्गा बाहादुर बस्नेत, सिव सेना नेपाल मोरङका अध्यक्ष सत्तिस बस्नेत, राप्रपा नेपाल सुनसरी उपाध्यक्ष गणेश गौतमको लगायतको उपस्थिति रहेको थियो ।

IMG_9710

 

IMG_9732



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved