धरानलाई पराजित गर्दै रामधुनीले उचाल्यो मेयरकपको उपाधि

  • प्रकाशित मितिः चैत्र, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधी रामधुनी नगरपालिकाले जितेको छ । इटहरी रंगशालामा भएको खेलमा धरान उपमहानगरपालिकालाई ३–१ गोल अन्तरले पराजीत गर्दै रामधुनी नगरपालिकाले पहिलो मेयरकप फुटबल प्रतियोगीताको उपाधी उचालेको हो ।

प्रतियोगितामा रामधुनीका तर्फवाट अर्जुन लिम्वूले २ र संदिप लिम्वूले १ गोल गरे । धरानका तर्फवाट खेलको अन्त्यमा मनोज राईले १ गोल फर्काए । दुहवीलाई पराजीत गर्दै रामधुनी फाइनलमा प्रवेश गरेको थियो भने धरान बराहक्षेत्र नगरपालिकालाइ पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच रामधुनीका अन्जन लिम्वू र म्यानअफ द सिरिज संदीप लिम्वू घोषित भए । बिजेता रामधुनी नगरपालिकाले नगद १ लाख प्राप्त गरेको छ । उपबिजेमा धरानले नगद ५० हजारमा चित्त बुझाएको छ । उपप्रमुख लक्ष्मी गौतमले पुरस्कार एवं सिल्ड प्रदान गरिन् । सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता थियो । प्रतियोगिताको इटहरीका मेयर द्धारिकलाल चौधरीले उदघाटन गरेका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved