इटहरीको आर्मी क्याम्प नजिकबाट लागुऔषध कारोवारी पक्राउ

  • प्रकाशित मितिः चैत्र, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / ईटहरी उप–महानगरपालिका ४, आर्मी क्याम्प अगाडिबाट एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । मोरङको बबियाविर्ता–६ घर भई ईटहरी–२ बस्दै ३१ वर्षीय जितेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा सोमबार बेलुका ८ बजे राजवंशीको कोठामा खानतलासी गर्दा १ हजार ८ सय थान नाइट्रोसन, ५ हजार ८ सय ५३ थान ट्रिकेयर, ८ सय ५० थान स्वासपेन, ५ सय ८५ थान स्पास्मो प्रोक्सिभोन र ७४ थान सिटिजेड लगायतका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

राजवंशीको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved