इटहरीमा आजदेखि मेयरकप खेलकुद प्रतियोगिता सुरु,फुटबल खेलाडी पौडेललाई सम्मान गरिने

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • लिलाराज भट्टराई

इटहरी / इटहरीमा चैत १० गते देखि मेयर कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोही प्रतियोगिताको अवसर पारेर साफ च्याम्पियनशिप महिला फुटवल प्रतियोगितामा उत्कृष्ट गोल गर्ने इटहरीकी खेलाडी रेखा पौडेललाई इटहरी उपमहानगरले सम्मान गर्ने भएको छ ।

आज विहान भएको पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा फुटवल खेलाडी पौडेलले पुरयाएको योगदानको इटहरी उपमहानगर उच्च प्रशंशा गरेको छ ।

पत्रकार सम्मेलनमा इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीलाई खेल क्षेत्रको रुपमा विकास गर्न उपमहानगर लागि पर्ने वताए । उममेयर लक्ष्मी गौतमले सूचक तयार गरेर ती सूचक पूरा गरेपछि इटहरीलाई स्र्पोटस सिटि घोषणा गरिने वताइन् ।

पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाडले मेयरकप खेलकुद प्रतियोगिताले खेलाडीको मनोवल वढाउने र नयाँ खेलाडी उत्पादनमा योगदान पु¥याउने वताए ।

इटहरी उपमहानगरको आयोजनामा चैत १० गते देखि मेयरकप खेलकुद प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगिता अन्र्तगत सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल,प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता हुने छन् ।

चैत १० गते देखि हुने सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ ।

क्रिकेट वाहेकका सवै प्रतियोगिता इटहरी रंगशालामा हुने छन । क्रिकेट प्रतियोगिता इटहरी ९ स्थित क्रिकेट मैदानमा हुनेछ । चैत १४ गते देखि १६ सम्म भलिवल प्रतियोगिता,चैत २८ गते देखि वैशाख ३ गते सम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।

इटहरी उपमहानगरद्धारा गठित सम्वन्धित खेलकुद संचालन समितिको संयोजनमा प्रतियोगिताहरु संचालन गरिने छ । मेयर कप खेलकुद प्रतियोगिता मार्फत इटहरीको खेल क्षेत्रमा नयाँ उर्जा प्राप्त हुने उपमहानगरले विश्वास गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved