एसइइको झल्को दिने आठ कक्षाको परीक्षा

  • प्रकाशित मितिः फाल्गुन, 29, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / इटहरीमा एसइइको झल्को आउने गरि आठ कक्षाको परीक्षा सुरु भएको छ । इटहरीका सवै विद्यालयको नगरस्तरीय परीक्षा सुरु भएको हो ।

इटहरी उपमहानगरले संयोजन गरेर सस्थागत तथा सामुदायिकको एकै प्रश्न पत्रमा परीक्षा गराएको हो । इटहरी उमहानगर शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार ९६ विद्यालयका ३४ सय छ जना विद्यार्थीले १४वटा केन्द्रमा परीक्षा दिदै छन ।

परीक्षा संचालन उपसमितिले प्रश्न पत्र तयार गरेको थियो भने उत्तरपुस्तिका पनि उपमहानगरमै राखेर जाँच गरिने छ । कोडिङ्ग गरेर प्रश्न पत्र काटिने छ ।

परीक्षालाई मर्यादित र ब्यवस्थित वनाउन केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष,ब्यवस्थापक र सहयोगि गरि २ सय जना खटाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved