इनरुवामा ७० वर्षीय वृद्धको हत्या

  • प्रकाशित मितिः फाल्गुन, 22, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / सुनसरी सदरमुकाम इनरुवामा ७० वर्षीय वृद्धको शव फेला परेको छ । इनरुवा नगरपालिका–१ बजारमा बृद्धको शव हत्या भएको अवस्थामा सोमबार साँझ फेला परेको हो ।


स्थानीय रतनलाल यादवको हत्या गरेको अवस्थामा उनको आफ्नै कोठामा शव फेला परेको हो । घरमा एक्लै रहेको अवस्थामा आइतबार रातिको समयमा यादवको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यादवको शरीरको विभिन्न भागमा चोट लागेको र पलङमा बाँधिएको अवस्थामा शव घरमै फेला परेको थियो ।

शव पोष्टमार्टमका लागि पठाइएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved