लागूऔषध सहित धरानबाट ४ जना पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 22, 2075
  • पहिलो किताब संवाददाता

धरान / प्रहरीले धरान उप–महानगरपालिका–८ तिनकुनेबाट ५ सय ७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवनसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान–१५ का ३६ वर्षीय विकास लामा, धरान–६ का २४ वर्षीय दिनेश खड्का, धरान–५ का ३७ वर्षीय जस बहादुर राई र धरान–६ का २४ वर्षीय विभस तामाङ रहेका छन्।

प्रहरीले इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा स्पास्मोप्रोक्सिवन र १ बोतल डाइलक्स डिसीसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका ४ जनालाई नै इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जानएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved