धरानका सुब्बाको कारको ठक्करबाट २ जना घाइते : सुब्बा प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः फाल्गुन, 19, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरान स्थायी बसोबास गर्दै आएका श्री सुब्बाको कारको ठक्करबाट दुई जना घाइते भएका छन् । शनिबार राती उनले चलाएको बा ५ च ६७३१ नं. को कारले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकलमा रहेका धरान–५ देउरालीका २० वर्षिय गौरब राजधामी र धरान–१५ श्यामचोकका रोहित राई रहेका छन् । उनीहरु दुवैको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उक्त घटना पश्चात संघिय समाजवादी फोरम पार्टीको भातृ संगठन संघिय युवा फोरमको सुनसरी अध्यक्ष समेत रहेका श्री सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मापसे समेत गरेको र उनको चालक अनुमति पत्र पनि नभएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved