नेपाली सेनाको हतियार कसरी पुग्यो विप्लव कार्यकर्ताको हातमा ?

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

धरान / बुधबार धरानबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताका साथबाट नेपाली सेनाले बोक्ने स्वचालित हतियार बरामद गरिएको छ । धरान उपमहानगरपालिका–६ पानबारी चोक्टीबाट पक्राउ परेका व्यक्तीको साथबाट नेपाली सेनाको हतियार बरामद भएको हो ।

मोरङ केराबारी गाउँपालिका–१० बाहुनी बस्ने ४२ वर्षीय संगित भनेर समेत चिनिने देवकुमार लिम्बुको साथबाट अमेरिकामा बनेको अत्याधुनिक एसएमजी मेसिनगन र सेनाले मात्र प्रयोग गर्दै आएको एम १६ राईफल बरामद भएको हो ।

विशेष सूचनाका आधारमा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि तत्कालै पिछा गर्दै गएर लिम्बुलाई पक्राउ गरिएको डिआइजी केदार रिजालले बताए ।

सशस्त्र द्वन्द्वका बेला लिम्बु जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए। नेपाली सेनासँग केही समिति मात्रामा रहेको अमेरिकामा निर्मित हतियार विप्लवका कार्यकर्तासँग पहिलो पटक फेला परेको हो।

लिम्बु विप्लव नेकपाको पूर्वी ब्युरोका सदस्य हुन्।

मोटरसाईकलमा चामलको बोराभित्र बाकस र सो बाकसभित्र कपडाले बेरेर राखेको अवस्थामा हतियार बरामद भएको थियो ।

उनको विषयमा नेपाली सेनाले पनि अनुसन्धान सुरु गरेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved