सुनसरीमा आगलागी : आठ लाख बराबरको क्षति

  • प्रकाशित मितिः फाल्गुन, 11, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । इनरुवा र इटहरीबाट गएका वारुणयन्त्र तथा स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved