निसानको नयाँ गाडी काठमाडौंपछि धरानमा

  • प्रकाशित मितिः फाल्गुन, 7, 2075
  • पहिलो किताब संवाददाता

धरान / नेपालमा सर्वप्रथम दुइदिन अघि सार्वजनिक गरिएको निसानको किक्स गाडी धरानमा पनि सार्वजनिक गरिएको छ । निसान मोटर्सको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले सुनसरीस्थित आफ्नो आधिकारिक वितरक ओम साई मोटो कर्प प्रालिमार्फत धरान बजारमा सार्वजनिक गरेको हो।

धरान नेपालमा सर्वप्रथम दुइदिन अघि सार्वजनिक गरिएको निसानको किक्स गाडी धरानमा पनि सार्वजनिक गरिएको छ । निसान मोटर्सको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले सुनसरीस्थित आफ्नो आधिकारिक वितरक ओम साई मोटो कर्प प्रालिमार्फत धरान बजारमा सार्वजनिक गरेको हो।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्री भाग र आकर्षक बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको रु. ४७ लाख ९९ हजार रुपैयाँमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइनेछ ।

यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved