इटहरीमा भव्यवताका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

  • प्रकाशित मितिः फाल्गुन, 6, 2075
  • लिलाराज भट्टराई

इटहरी / ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस, इटहरीमा तीन दिन सम्म भब्यताका साथ मनाइने भएको छ ।

प्रजातन्त्र दिवस मनाउन इटहरीका मेयर द्धारिकलाल चौधरीको संयोजतकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

पुष छ गते विहान सात वजे इटहरी चौक आसपास सरसफाई गरिने भएको छ । दिउसो १० वजे सवै सरकारी कार्यालय,विद्यालय परिसर र नजिकका चौकको सरसफाई गरिने कार्यक्रम तय गरिएको छ ।

यसैगरि फागुन ७ गते विहान साढेसात वजे इटहरी चौकमा सास्कृतिक झाँकी सहितको रयाली प्रदर्षन गरि उपमहानगर परिषरमा सभा गरिने छ । इटहरीका सवै माध्यमिक विद्यालयहरुमा प्रजातन्त्र र मेरो भविश्य विषयक वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ ।

यसैगरि इटहरीका सवै रेडियोहरुलाई प्रजातन्त्र दिवसका दिन अन्तरसम्वाद कार्यक्रम गर्न उपमहानगरले आग्रह गरेको छ । इटहरी उपमहानगरले फागुन ६,७ र ८ गते सवै सरकारी कार्यालय,संघ सस्था र घरहरुमा साँझ दिपावली गर्न आग्रह गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved