धरानको ह्वाइट हाउस कलेजद्वारा मिस स्टेटका बिजेता सम्मानित

  • प्रकाशित मितिः मंसिर, 22, 2075
  • पहिलो किताब संवाददाता

धरान / बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेटका बिजेताले सम्मान पाएका छन् । धरान ७ स्थित ह्वाइट हाउस कलेजले उनीहरुलाई सम्मान गरेको हो ।

शुक्रबार उनीहरुकै लागी आयोजना गरिएको कार्यक्रममा बिजेता बनेकी रमिला बस्नेत, फस्ट रनर अप प्रज्ञा गिरी र सेकेण्ड रनर अप निशा गुरुङले सम्मान पाएका हुन् ।

कलाकार समेत रहेका कलेजका डाइरेक्टर अरुण प्रधानले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानले कलाकार देशका गहना भएकाले सम्मानित गरेको बताए ।

विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सम्मानित हुन पाउँदा बिजेताहरु निकै खुसी भएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved