कस्ता व्यक्तीले कति मुखे रुद्राक्ष लगाउने ?

  • प्रकाशित मितिः मंसिर, 5, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / ज्योतिशास्त्रकाअनुसार विभिन्न पेशागत मानिसहरुले त्यसै अनुसारको रुद्राक्ष लगाउँदा लाभ हुन्छ । पढाई सुर्धान, व्यवसाय राम्रो बनाउँन साथै पारिवारीक सम्बन्ध सुधार्नमा समेत रुद्राक्षले असर गर्दछ ।

राजनीतिसँग जोडिएका मानिसले १ वा १४ मुखे रुद्राक्ष धारण गर्दा लाभ हुन्छ भने अधिवक्ता अर्थात वकालतको क्षेत्रमा काम गर्ने मानिसले ४,६ वा १३ मुखे रुद्राक्ष धारण गर्नुपर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

विद्यार्थीले परीक्षामा सफलता र विद्या प्राप्तिका लागि १, ११ र १४ मुखे रुद्राक्ष धारण गर्नु उत्तम मानिन्छ । बैंकिङ क्षेत्रमा कार्यरतहरुले ११ र १३ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।त्यस्तै औषधिको कारोबार गर्नेले १, ७ र १० मुखे रुद्राक्ष धारण गर्दा आफ्नो काममा सफता प्राप्त हुन्छ ।

प्राविधिक क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ७, ८, ९, १०, ११ मुखे रुद्राक्ष उत्तम हुन्छ । यस रुद्राक्षको धारण गर्दा केबल उनीहरुलाई सफलता मात्र होइन नयाँ प्रयोगमा पनि सफलता प्राप्त हुन्छ । ज्योतिष शास्त्रका अनुसार प्रोपर्टी डिलरलाई ११, १३, ३, ४ र १४ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।

सैनिक, प्रहरी अर्थात सुरक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिले ९, ४ र १३ मुखे रुद्राक्ष धारण गर्न उपयुक्त हुन्छ भने मेडिकल क्षेत्रसँग जोडिएका वा जोडिन लागेका व्यक्तिका लागि १, ७, ८ वा ११ मुखे रुद्राक्ष धारण गर्न उत्तम हुने ज्योतिष शास्त्रको भनाइ छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved