महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

  • प्रकाशित मितिः आश्विन, 30, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्,
आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।

बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती प्रयास गरेका थिए ।

प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए ।

तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए ।

लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन् ।

त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved