६ श्रीमानका दसैं योजनाः कोही ध्यानमा, कोही आत्मकथामा रमाउँदै

  • प्रकाशित मितिः आश्विन, 30, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान भगवानप्रति समर्पित रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् ।

‘मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछ’ श्रेष्ठले भने, ‘परलोक सुधार्ने काममा लाग्छु, पशुपतिको दर्शन गर्न जान्छु ।’ पशुपतिको आराधनाले मोक्ष प्राप्ति हुने विश्वास उनमा छ । श्रेष्ठले प्रधानन्यायाधीश बन्न पशुपतिनाथकै आशिर्वाद रहेको बताए । उनी बिहान श्रीमदभागवतगीता पाठ गर्छन् ।

अर्का पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा भने नास्तिक हुन् । उनी भने किताब पढेर दसैं बिदा सदुपयोग गर्ने मुडमा छन् ।

अर्का पूर्वप्रधानन्यायधीश केदारनाथ उपाध्याय पशुपति र भगवती मन्दिरमा पुगेर दर्शन गर्ने, परिवारका जेष्ठ सदस्य भएका कारण परिवार र घरमा आउने बाबुनानीलाई टीका लगाइदिने, आफन्तकहाँ भेटघाट गर्ने ध्याउन्नमा छन् ।

अर्का पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझीको भने दसैंमा के गर्ने भनेर अझै योजना बनेको छैन ।

पूर्वप्रधानन्यायधीश गोपाल पराजुली भने दसैंभर आत्कथा लेखेर बस्ने योजनामा छन् । उनले आत्मकथाको नाम पनि जुराइसकेका छन्, ‘संयोगका पानाहरु’ ।

पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्र भने यसपटक गृहजिल्ला रुपन्देहीको राइपुर पुगेर दसैं मनाउँदै छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved