द्रुतमार्गका अग्ला पुल निर्माण गर्न ६ वटा कम्पनी छनोट

  • प्रकाशित मितिः आश्विन, 29, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। सेनाले द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको आजकोअन्नपूर्ण पोष्टमा समाचार छ ।

सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार पाँच चिनियाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएको जानकारी दिए।

सेनाले अग्ला पुल बनाउन २०७४ चैतमा ग्लोबल टेन्डर आह्वान गरेको थियो। १५ वटा कम्पनीले पुल बनाउन इच्छा जाहेर गर्दै आवेदन गरेका थिए।

नौ कम्पनी सेनाको मूल्यांकनमा बाहिरिए।

प्रवक्ताका अनुसार टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेन्चर छनोट भएको हो। चिनियाँ कम्पनीमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेलवे २० ब्युरो ग्रुप कर्पोरेसन छन्।

यस्तै चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर, लोङजियान रोड एन्ड ब्रिज कम्पनी परेका पनि छनोट भएका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved