कर्मचारी समायोजनः एक तह बढुवा गरेर प्रदेशमा

  • प्रकाशित मितिः आश्विन, 29, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजन भएर जाने कर्मचराीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो ।

ऐन संशोधनपछि एक महिनाको सूचना दिएर कर्मचारीलाई स्थानीय तह रोज्न लगाइनेछ ।

समायोजनको मोडल

– सेवा प्रवेश गरेको ५ वर्ष पुगेका कर्मचारीले मात्र संघबाट प्रदेश र स्थानीय तहमा समायोजन हुन निवेदन दिन पाउनेछन् ।

– ज्येष्ठताको आधारमा क्रमशः स्थानीय तह प्रदेश रोज्न दिइने ।

– स्थानीय तह र प्रदेश रोज्ने सहसचिवले सचिव सरह सुविधा पाउने । तर, संघमा फिर्ता भएपछि पुनः सहसचिवकै पद र सुविधामा काम गर्नुपर्ने ।

– कार्यालय सहयोगी, ड्राइभर वा बढुवा नहुने पदका कर्मचारीलाई पदीय हैसियत नबढाई एक तह बढी सेवा सुविधा दिएर समायोजन गर्ने ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved