निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन

  • प्रकाशित मितिः आश्विन, 29, 2075
  • पहिलोकिताव संवादताता

 इटहरी / दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ ।

तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो ।

त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो
शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए ।

आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ ।

प्रवक्ता वीरेन्द्र गोइतले फूलपातीसम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए ।

त्यसपछि कार्तिक ४ गते आइतबार डिपो खुल्नेछन् ।, आजको नयाँ पत्रिकामा खबर छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved