दुई करोड ६० लाख नेपाली जाली नोटसहित ६ जना पक्राउ

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / प्रहरीले काठमाण्डौवाट करिव अडाई करोड नक्कली रुपैंया सहित छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली नेपाली रुपैंयासहित महेन्द्र बोगटी, सुजित तामाङ र सुजन तामाङ लगायतलाई पक्राउ गरेको बताईएको छ । पक्राउ परेकाको साथवाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौमा नक्कली रुपैंया भित्रिएको सुचना पाएर खटिएको प्रहरी टोलीले उनीहरुलाई गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार नक्कली नोट सहित पक्राउ गरेको बताईएको छ । नेपाली नक्कली नोट छाप्ने कारखाना नै समेत काठमाण्डौमा भेटिएको प्रहरी स्रोतले बताएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved