क्रिकेटर सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा छनौट

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने विश्वका उत्कृष्ट खेलाडी समेटेर आईसीसीले बनाएको टिम ‘वर्ल्ड ११’ मा परेका छन् ।३१ मेमा इंगल्याण्डको लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने आईसीसीको टिममा संदीपले अवसर पाएका हुन् । टोलीमा समावेस बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् ।

संदीपको टोलीमा विश्वका उत्कृष्ट क्रिकेटर इयान मोर्गान कप्तान रहेका छन् भने साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गत वर्ष आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ । वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । आईसीसी ‘वर्ल्ड ११’ मा परेको सार्वजनिक भएपछि संदीपले यो खुसीको क्षण नेपाल र नेपालीकै लागि गर्व गर्न सकिने भएको प्रतिक्रीया दिएका छन् ।


डिभिजन २ र विश्वकप छनोटमा उत्कृष्ट खेल देखाएका सन्दिपले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा दिल्ली डेयरडेभिल्सबाट खेलेर पनि नेपाली क्रिकेटमा इतिहास बनाएका छन् । उनी वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग ९सीपीएल० मा पनि छनौटमा परेका छन् ।

आउँदो २९ जुलाईमा नेपाली राष्ट्रिय टिमले पनि लर्डसमा टी–२० सिरिज खेल्दै छ । मेरिलोबोन क्रिकेट क्लब ९एमसीसी०ले नेपाल र नेदरल्याण्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने यसअघि नै पक्का भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved