अब बीमा निर्यात गर्ने पर्ने: अर्थमन्त्री

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली बजारमा बीमाको अदृष्य आयात रोकिनुपर्ने बताएका छन् । बीमा समिति स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सीमावर्ती क्षेत्रमा विभिन्न स्किम भएका कारण भारतीय बीमा कम्पनी नेपालमा असिमित रुपमा फस्टाएको बताए ।

 कार्यक्रममा उनले भने, “अब हाम्रा बीमा कम्पनीहरू नपुग्ने तथा छिमेकीको बीमा घरघरमा पुग्ने अवस्था अन्त्य हुनुपर्छ । यसका लागि बीमा समितिले एक वर्षभित्रको कार्ययोजना तयार गरेर अघि बढ्न मेरो शुभकामना छ ।” केही अघि नेपालभित्र विदेशी बिमा कम्पनीको पोलिसी बिक्री गर्नु गैरकानुनी रहेको आवाज उठेपनि त्यो सेलाएको उनको भनाइ थियो ।बीमा व्यवसाय नेपालले पुुनर्बीमा आयात गर्नाले आयात बढी भएको उनको दाबी छ । सोही कार्यका लागि पुनर्बीमा कम्पनीलाई अलि बलियो बनाइनुपर्ने उनको बुझाइ छ ।

 विदेशी बीमा कम्पनी नेपालमा फस्टाउनु गैरकानुनी रहेकाले कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । उनले भने, “यसमा राज्यले गरे बीमा र राज्यले चलाएन बैंकिङ भनेर नेटवर्किङ पनि गरिरहेका छन् । यदि कसैले नेटवर्किङको माध्यमबाट बीमा व्यवसाय चलाएका छन् भने त्यसलाई हामी कानुनी दायरामा ल्याउछौं ।” बीमा समिति नियामक निकाय भएकाले त्यो झेल्न उनले शुभकामाना पनि दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved