सल्यानमा दुइ बस एकआपसमा ठोक्किदा ४० जना घाइते, २ गम्भीर

  • प्रकाशित मितिः जेठ, २, २०७५
  • पहिलो किताब संवाददाता

सल्यान / सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । जस मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका पटनेरमा रहेको पिपलचौतारा नजिक आज बिहान ११ बजे ना ६ ख २५०५ नम्बरको श्रीनगर तर्फ जाँदै गरेको बस र विपरित दिसाबाट आउँदै गरेको बस एक अर्कामा आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि कुमाख गाँउपालिका –३, का १२ वर्षीय राजन थापा र शारदा नगरपालिका –१, श्रीनगरका २१ वर्षीय हरि रोका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

बाकी ३८ जना घाइतेको कान्तिपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिक उपचार भैरहेको जिल्ला प्रहरीकार्यलय सल्यानले जनाएको छ ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved