नेपाली आकाशमा हवाई सेवा असुरक्षित बन्दै, ८६ दुर्घटनामा ७१९ जनाको मृत्यु

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगला देशको विमान दुर्घटना भएको केहि महिना नबित्दै हुम्लामा मकालु एयरको विमान दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान सामान लिएर उडेको मकालु एयरको विमान दुर्घटना भएको हो ।दुर्घटनामा पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमलाल ठाकुरले बताए । दुर्घटनाको अनुसन्धान गर्न टोली छिट्टै गठन हुने प्रवक्ता ठाकुरले बताए ।

नेपालको विभिन्न स्थानमा भएको ८६ वटा दुर्घटनाबाट हालसम्म ७१९ जनाको मृत्यु भैसकेको छ । फागुन २८ गते युएस बंगाल बिमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो ।नेपाली आकाशलाई युरोपियन युनियनले १० महिना अघि मात्र कालो सूचिबाट हटाएको थियो । कालो सूचिबाट हटाएको १० महिनामै २ वटा दुर्घटना भएका छन् ।

नेपालमा सन् १९५५ सालमा पहिलो पटक दुर्घटना बाराको सिमरामा कालिंगा एयरको भीटी एजेटएक्स डीसी जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपालमा भएको विमान दुर्घटनाबाट हालसम्म १२५ जना घाइते भएका छन् भने अन्तरिक उडानमा २ सय ९६ जना, अन्तर्राष्ट्रिय उडानमा ३ सय ६० जना र हेलिकटर दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाइसकेका छन् ।

 

नेपालमा सबैभन्दा ठुलो जाहाज दुर्घटना सन १९९२ मा भएको थियो । काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सकाको विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका थिए। त्यसैगरी सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटना आन्तरीक उडानमा भएको छन् । हालसम्मको आन्तिरिक उडानमा ४६ वटा विमान दुर्घटना भएको उड्डनका सूचना अधिकृत त्रिलोचन पौडेलले जानकारी दिए । उनका अनुसार ७ वटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका छन भने ३१ ओटा हेलिकटर दुर्घटना भएका छन् ।

यसबाहेक आन्तरिक उडानतर्फ सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एक पटक २४ जनाले ज्यान गुमाएका थिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved