रानी – तरहरा मोनो रेलका लागि स्थानिय सरकारको अनुमति

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / भारतीय सिमानाका विराटनगरको रानी देखि तरहरा सम्म मोनो रेल संचालनका लागि स्थानिय सरकारले विराट इन्टरनेशनल मोनो रेल प्रालिलाई सम्भाब्यता अध्यनका लागि स्विीकृति दिएका छन् ।

रेल संचालन हुने क्षेत्रभित्र रहेका विराटनगर उपमहानगरपालीका , इटहरी उपमहानगरपालीका , दुहवी नगरपालीका र बुढिगंगा गाउँपालीकाले मोनो रेल संचालनको संभाब्यता अध्यनका लागि स्विकृति दिएको कम्पनीका संचालक कोबीदजंग कार्कीले जानकारी गराएका छन् ।

कुल ७ अर्ब लगानी हुने भनिएको मोनो रेल आयोजनका लागि स्विकृति पाएसँगै डीपीआर बनाउने र लगानी जुटाउने काम थालिएको कार्कीले बताएका छन् । उनले तिन महिना भित्रै अध्यन सकेर तीन वर्षभित्र नै रेल संचालनमा ल्याउने लक्ष्यसहित काम अगाडी बढाईएको जनाएका छन् ।

विजुलीवाट चल्ने सो रेलमा सुरुमा ४ वटा डिब्बा रहने र हरेक डिब्बाको क्षमता ७५ जना रहने वताइएको छ । मोनो रेल संचालनका लागि कम्पनीले रेल विभागवाट अनुमति समेत पाईसकेको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी गराएका छन् ।

उनले विराटनगर रानीसम्मको भाडा करिव २० रुपैंया पर्ने र करिब १५ मिनेट समय लाग्ने जानकारी गराएका छन् । रानी – तरहरा खण्डका १५ स्थानमा मोनो रेल रोक्ने स्टेसन रहने पनि उनले जनाएका छन् ।  हाल बनिरहेको सडकको मध्यभागलाई उपयोग गरी मोनो रेल संचालनमा आउने भएकाले सडकलाई समेत कुनै असर नपार्ने र सडकमा भइरहेको जाम समेत नियन्त्रण हुने बताइएको छ ।

रेल संचालनका लागि आवश्यक ७ अर्ब रुपैंया लगानि कम्पनीले सर्वसाधारणलाई शेयर दिएर र वित्तिय संस्थाहरुवाट लोन लिएर जुटाईने पनि संचालकहरुले जानकारी गराएका छन् । संचालक कार्कीले मोनो रेलमा लगानी गर्न चाहने जो कोहिले पनि लगानी गर्न पाउने ब्यवस्था सहित कम्पनी संचालन गरीने बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved