बिदाको दिनको समेत कर्मचारीको हाजिरी प्रमाणित

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

ओखलढुंगा / ओखलढुंगामा सरकारी कर्मचारीको हाजिरी विदाको दिनमा समेत प्रमाणीत भएको पाईएको छ । मोलुगं गाउँपालिका १ मा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट खटिएका प्राविधिक र इञ्जिनियरहरुको हाजिरी सार्वजनिक विदाको दिनको समेत प्रमाणित भएको पाईएको हो ।

गत बैशाख महिनाको हाजिरीमा १७ गते बुद्ध जयन्ती र १८ गते मजदुर दिवसका दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि त्यस दिन गरिएको हाजिरी समेत वडा अध्यक्ष प्रदिप बानियाले प्रमाणित गरिदिएका छन् ।

उनले एक इञ्जिनियर र तीन जना प्राविधिकले बैशाख महिलनाको १७ र १८ गते परेको सर्वाजनिक बिदाको दिनमा गरेको हाजिरी प्रमाणित गरिदिएका हुन् । उक्त हाजिरी ईञ्जिनियर करण दासले पेश गरेका थिए ।

तलवका लागी पुनः निर्माणमा खटिएका कर्मचारीहरुको हाजिरी वडाले प्रमाणित गर्नुपर्ने प्रावधान छ । यस बिषयमा वडा अध्यक्ष बानियाले कर्मचारीले पेश गरेको विवरणमा आफुले विश्वास गरेर हस्ताक्षर गरेको बताए । उनले यो त्रुटी लाई तुरुन्तै सच्याउने बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved