मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त,दुवै चालकको मृत्यु

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

सुर्खेत / सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार पाइलट र को पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको  ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो ।

घटनास्थलमा अहिले अर्को हेलिकोप्टर पुगेको छ । थप विवरण आउन बाँकी छ ।जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। विमानमा पाइलट किरण भट्टराई र को पाइलट रहेको आदित्य नेपाली थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved