बन्दुकधारी समूहले नाइजेरियामा १४ जनाको हत्या

  • प्रकाशित मितिः जेठ, 1, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् ।उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ ।स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारी अनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए ।

“आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ”, गुसाउमा सोमबार बिहान गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले बताए ।

सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved