पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनको माग

  • प्रकाशित मितिः जेठ, १, २०७५
  • पहिलो किताब संवाददाता

मकवानपुर / मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन्।

नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरिने बताए।

उनले विश्वका ठूला मुलुक अमेरिका, युरोपमा पुरुष पनि नर्सिङ सेवा दिँदै आएका छन् तर नेपालमा भने यो व्यवस्था नभएकै कारण हालसम्म नर्सिङ पढ्न सरकारले महिलालाई मात्र अवसर दिने गरेको छ। आगामी आर्थिक वर्षमा पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनी व्यवस्थाका लागि पहल गर्ने बताए।,
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved