चीनको चमत्कार : पहिलो स्वदेशी युद्धक जहाज समुद्रमा उत्रियो

  • प्रकाशित मितिः बैशाख , 30, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / चीनले आफ्नै देशमा निर्माण गरेको पहिलो एयरक्राफ्ट क्यारियरको परीक्षण शुरु गरेको छ । परीक्षणका लागि चीनले एयरक्राफ्ट क्यारियरलाई आइतवार समुद्रमा उतारेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

जसको समुद्रमा पटक पटक परीक्षण गरीनेछ । दक्षिण चीन सागरलाई लिएर अमेरिकासहितका शक्ति राष्ट्रसँग विवाद बढ्दै गइरहेका बेला चीनले अत्याधुनिक एयर क्राफ्ट क्यारियर बनाएर परिक्षण थालेको हो ।

चीनले अप्रिल २०१७ मा दोस्रो एयरक्राफ्ट क्यारियर लन्च गरेको थियो । यसभन्दा अघि उसले २०१२ मा पहिलो एयरक्राफ्ट क्यारियर लिआओनिङ्गलाई आफ्नो नौसेनामा सामेल गरेको थियो । यो सोभियत संघमा बनेको हो, जसलाई नयाँ जस्तै बनाएर नौसेनाले प्रयोगमा ल्याएको हो । लिआओनिङ्ग अहिले पनि चिनियाँ सेनासँग छ । यसको प्रयोग धेरैजसो नयाँ एयरक्राफ्ट क्यारियर्सको अध्ययन र तिनमा सुधारका लागि हुन्छ ।

रिपोर्ट अनुसार चीनको सं‌घाईमा आफ्नो तेस्रो एयरक्राफ्ट क्यारियर बनाइरहेको छ । चीनले विवादित दक्षिण चीन सागरसँगै हिन्द महासागरबाट चलाउन सन् २०३० सम्म ४ एयरक्राफ्ट क्यारियरको योजना बनाइसकेको छ। केही रिपोर्टका अनुसार चीनले परमाणु विमानवाहक युद्धपोत बनाउने पनि योजना बनाइरहेको छ ।

चिनियाँ नौ सेनाले एक वक्तब्यमा एयरक्राफ्टको परीक्षणको लक्ष्य उसको विश्वसनीयता र क्षमतालाई जाँच गर्नु हो । यो एयरक्राफ्ट क्यारियर ५०,००० मेट्रिक टनको छ । अहिलेसम्म यसलाई कुनै नाम दिइएको छैन । यस एयरक्राफ्ट क्यारियरलाई अघिल्लो साल लन्च गरिएको थियो । तर त्यसपछि यसमा हतियार र अन्य नयाँ प्रविधि पनि फिटिङ गरिएको छ ।

चीनको यस नयाँ एयरक्राफ्ट क्यारियरमा १२ हजार भन्दा धेरै उपकरण फिट गरिएको छ। रिपोर्ट अनुसार यी उपकरलाई चीनका ५३२ फर्मले बनाएका हुन् । जसमा कयौँ निजी फर्म पनि रहेका छन् । यस एयरक्राफ्ट क्यारियमा ३६ सय भन्दा धेरै क्याबिन छन् । देशभरका करिब ३ हजार मजदुर यस एयरक्राफ्टमाथि दैनिक मजदुरी गर्थे ।

विश्वका केही देशमा मात्रै एयरक्राफ्ट क्यारियर छन् । यस क्लबमा नेपालको दक्षिणी छिमेकी भारत पनि पर्छ । अमेरिका, रूस, चीन, भारत, ब्रिटेन, फ्रान्स, इटली र थाइल्यान्डसँग एयरक्राफ्ट क्यारियर छन् । विश्वभरमा अहिले १८ देखि २० वटा मात्रै एयरक्राफ्ट क्यारियर छन्। सबैभन्दा धेरै ११ एयरक्राफ्ट क्यारियर अमेरिकासँग छन् । ती एयरक्राफ्ट क्यारियर पुरै परमाणु हतियारले लैस छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved