बालमैत्रि चलचित्र नवयुगको छायाङ्कन सुरु हुँदै

  • प्रकाशित मितिः बैशाख , 30, 2075
  • पहिलो किताब संवाददाता

झापा / फिल्मी क्लब नेपालको निर्माणमा नेपालका बालबालिकाको हक अधिकार समेटेर बनाउन लागिएको बालमैत्री चलचित्र नवयुगको छायाङ्कन भोलीबाट सुरुहुने भएको छ ।

उक्त चलचित्रको छायाङकन झापाको ईलामबाट सुरू गर्ने तयारी भैरहेको फिल्मी क्लब नेपालका पुर्वाञ्चल कोडिनेटर कृष्ण कोईरालाले जानकारी गराए । उनले यस चलचित्र बनाउनुको उदेश्य बालबालिकाको हक र अधिकार सुनिश्चित गर्न र उनीहरुलाई कस्तो व्यवाहार गर्नुपर्दछ भन्ने ज्ञान दिन रहेको बताएका छन् । “बालबालिका भविष्यका कर्णधार हुन् र उनीहरुलाई खराब बाटोमा लाग्न नदिन यस चलचित्रले प्रेरित गर्दछ ।” उनले भने,“हामी सचेतना जगाउनका लागी यस चलचित्रको विभिन्न स्थानमा च्यारिटि सो समेत गर्ने भएका छौँ।”

फिल्मी क्लब नेपाल कै सर्बाधिक महङ्गो लागत मा उक्त चलचित्र निर्माण हुन लागेको हो । सर्वाधिक महङ्गो चलचित्र बालमैत्री नै किन नि ? हाम्रो पश्नमा कोइराला बताउँछन्, “फिल्मी क्लब नेपालले अरू पनि बिभिन्न काम हरू गरिरहेको छ तर बिशेष गरेर के चिज समाज ले खोजेको छ र हामिले के कुरा समाज मा पस्कदा ठिक हुन्छ त भनेर हामिले धेरै सोचेर यो बालमैत्री चलचित्र गर्ने निधो गर्यौ ।” साथै उनले चलचित्र एकदमै राम्रो बन्न र सम्पूर्ण दर्शकहरुको मन जित्न सक्ने बन्ने भएकाले चलचित्र हेरेर माया गरिदिनु हुन समेत आग्रह गरे ।

उक्त चलचित्रको छायाङ्कन ३० देखी ३५ दिन भित्र सकिने उनले जानकारी गराए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved