भजन गाउने भण्डारी किन बने जोगि, आखिर के भयो उनलाइ ?

  • प्रकाशित मितिः बैशाख , 30, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / लामो समय देखी ह्दय स्पर्षी भजन गाएर चर्चित बनेका गायक तथा संगीतकार कृष्ण भण्डारीले अर्को भक्ती भजन सार्वजनिक गरेका छन् । यस “बुबा मेरा राम जस्तै आमा मेरी सिता, तिम्रा बाणी मेरा लागी रामायन गिता ” बोलको भजनमा शब्द टंक आचर्यको रहेको छ भने स्वर, संगीत भण्डारिलेनै दिएका छन् ।

एकदमै नयाँ तथा भावपूर्ण संगीत र गितहरु सिर्जना गर्न रुचाउने उनले साङगितिक क्षेत्रबाट दर्शक तथा श्रोतामा केही ज्ञान मिलोस् भन्ने तर्फ बढी ध्यान केन्द्रित गर्दछन् । पछिल्लो समय समाजमा आफ्ना प्राणदाता मातापितालाई क्रुरता पूर्वक बृद्दाश्रममा छाडेर नाम मात्रको आधुनिक जिवन जिउनेहरुका लागी झापड प्रहार गर्ने भजनहरु सार्वजनिक गरे । साथै अहिले भर्खर पुर्वको प्रसिद्ध तिर्स्थस्थल पाथिभरा माता को भजन पनि रिलिज गरेका छन् ।

लामो समय देखी नेपाली गित संगित तथा भजनमा नयाँ तरङ्ग पैदा गरेका उनको दर्जनौ गित संगित सुपरहिट भइसकेका छन् । बाके बर्दिया, ओइ बिमली जस्ता लोकप्रिय गितमा आफ्नो संगित दिएका उनले अर्को गित झापा सुरुङ्गा मा पनी संगित दिएका छन् । उनि आफुलाइ नौलो प्रकारका गित संगित सृजना गर्ने संगितकार भन्न रुचाउँदछन् ।

उनका कृष्णकाले नक्कले, के होला प्रभु यो चोला र कृष्ण जी मन पर्यो मलाइ लगायतका थुप्रै भजनहरूले बजारमा लोकप्रियता पाइसकेका छन् ।

भिडियो हेर्न क्लिक गर्नुहोस् ;

https://youtu.be/Vfy9yvNDeMY

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved