ललितपुरमा विद्युतीय बस सञ्चालनमा आउने

  • प्रकाशित मितिः बैशाख , २७, २०७५
  • पहिलो किताब संवाददाता

काठमाडौं / ललितपुर महानगरपालिकाले विद्युतीय बसका लागी बनाएको योजना अनुसार कार्य अघि सारेको छ ।

सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्ने महानगरको गृहकार्य छ । केही कम्पनीले सम्पूर्ण लगानी गर्ने र केहीले साझेदारीमा बस चलाउने प्रस्ताव गरेका छन् । प्रस्तावमाथि अध्ययन अघि बढाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘अब विद्युतीय बस सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं’ महर्जनले भने, ‘विद्युतीय सवारी वातावरण मैत्री हुने भएकाले ललितपुर जस्तो सांस्कृतिक था पर्यटकीय नगरीका लागि महत्वपूर्ण हुन्छ ।’

उचित तथा व्यवहारिक प्रस्तावलाई महानगरको पीपीपी कमिटीले अध्ययन गरेर कार्यपालिका बैठकमा पेश गर्नेछ । ‘हामी साझा बससँग पनि सहकार्य गर्न सक्छौं । कम्पनीहरूसँग पनि सहकार्य गरेर विद्युतीय बस चलाउन सक्छौं’ प्रवक्ता भने, ‘केही समयभित्रै यस सम्बन्धमा ठोस निर्णय हुन्छ । हामी तीव्र रूपमा गृहकार्य गरिरहेका छौं ।’

साझा यातायातले पनि विद्युतीय बस ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ । विद्युतीय बस ल्याउँदा सरकारले सहुलियत ऋण दिनु पर्ने उसको माग छ । अहिले सुविधासम्पन्न विद्युतीय बसको मूल्य करिब दुई करोड पर्छ । तर, शुरुमा महँगो परेपनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद्ले बताएका छन्

‘बसका ब्याट्रीमा १२ वर्षसम्म ग्यारेन्टी पाइन थालेकाले १०-१२ वर्षसम्म बस मर्मतमा ठूलो खर्च गर्नु नपर्ने साथै यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुने विश्वार राखिएको छ । पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुने ललितपुर महानगरका प्रवक्ता महर्जन बताउँछन् । नेपालमा बढ्दो वायु प्रदुषणमा गाडीबाट हुने प्रदुषण बढी छ ।विद्युतीय बस धुवाँरहित हुने हुँदा यसको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम गर्न सकिने अध्ययनले देखाएको छ ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved