संघीय संसदमा आजदेखि ‘प्रि–बजेटमा ’ छलफल हुँदै

  • प्रकाशित मितिः बैशाख , 27, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / संघीय संसदमा आजबाट ‘प्रि–बजेटमा ’छलफल हुँदैछ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका थिए। बजेटको सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल छलफल हुन लागेको हो ।आर्थिक वर्ष २०७५र०७६ को वार्षिक वार्षिक बजेटमाथि आज बिहान ११ बजेदेखि छलफल सुरू हुने बताइएको छ । सभामुख कृष्णबहादुर महराले सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि प्रतिनिधिसभाको बैठक आज (बिहीबार) ११ बजे बोलाका हुन् । बैठकमा विभिन्न दलका सांसदले छलफलमा आफ्नो धारणा राख्नेछन् ।

अर्थमन्त्री खतिवडाले सरकारको विकासप्रतिको सोच, अघि बढाइएका खाका तथा तत्कालीन आवश्यकतामा रहेर प्राथमिकता तय गरेको सदनमा बताएका थिए। पेस भएको सिद्धान्त र प्राथमिकता अनुसार सरकारले संविधान कार्यान्वयन, मौलिक हक प्रचलन, गरिबी निवारण लगायतलाई प्राथमिकता दिएको छ। यस्तै, भूकम्पपछिको पुनर्निर्माण, ठूला परियोजना सञ्चालनसहित दिगो आर्थिक समृद्धिको परिकल्पनालाई सिद्धान्त तय गरेको छ।

बजेटमा पहिलोपटक केन्द्र, प्रदेश र स्थानीय सरकार मातहतमा हुनुपर्ने आयोजना स्रोतको सुनिश्चितता गरिन लागेको छ । वित्तीय संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नका लागि तीनै तहमा बजेटका प्राथिमकता निर्धारण गरी हस्तान्तरण गर्ने नीति केन्द्र सरकारले बनाएको छ । सरसकारले आयोजनाको प्रतिफल र प्राथमिकताका आधारमा मात्र बजेट विनियोजन गर्ने नीनि बनाएको बुझिएको छ। प्रदेश र स्थानीय तह मातहतबाट सम्पन्न हुने परियोजनामा कुनै पनि कार्यक्रममार्फत केन्द्रले बजेट विनियोजन नगर्ने गरी सिद्धान्त तय भएको जनाइएको छ ।

प्रि–बजेट छलफल सकिएपछि सदनमा पेश भएको सो बजेट मस्यौदा अनुमोदन हुने अपेक्षा गरिएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्ने सरकारको तयारी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved