चेसुङ वाइनको क्यालेन्डरमा पूर्वीले सुन्दरी

  • प्रकाशित मितिः बैशाख , २६, २०७५
  • पहिलो किताब संवाददाता

धरान / सिल्भर इन्टरटेनमेन्टले धरानको बराह किचेनमा एक कार्यक्रमको आयोजना गरी यो वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । चेसुङ वाइनको सहकार्यमा मिस पुर्वाञ्चल आयोजक संस्थाले पुर्वेली सुन्दरीका तस्बिर समावेश भएको क्यालेन्डर सार्वजनिक गरेको हो ।

मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामांग , बिपना श्रेष्ठ लगायतका सुन्दरीको तस्बिर समेटिएको क्यालेन्डर सार्वजनिक गरेको हो ।

तिनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्टर प्रकाश कुमार श्रेष्ठ , बराह ग्रुपका प्रमुख प्रशाशकिय अधिकृत गङ्गा कालिकोटे , सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दीपक बनेपालि र प्रोमोटर राजेन्द्र गुरुंगले संयुक्त रूपमा चेसुंग वाइन क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

हरेक वर्ष झैँ मिस पुर्वान्चल २०१७ का विजेता –उपविजेताहरु को फोटो सुट गरी निकालिने आकर्षक क्यालेन्डरमा यसपालि मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामांग साथै मिस धरान बिपना श्रेष्ठ , मिस दमक जोयना लिम्बु को आकर्षक फोटोहरू समावेश गरिएको छ । पुराना ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकारको फोटोग्राफीमा खिचिएका तस्बिर क्यालेन्डरमा समेटिएको छ ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved