मापदण्ड विपरित उर्लाबारीको क्रसर

  • प्रकाशित मितिः बैशाख , २५, २०७५
  • केशब खड्का

मधुमल्ला / मोरङको उर्लाबारी नगरपालिका–१ मा सञ्चालमा रहेको पूर्वेली क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाई टेन्सन लाईनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ कि।मि दुरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको छ । तर, यी मापदण्ड यो क्रसर उद्योगले पूरा गरेको छैन ।

नियममा खानी तथा क्रसर उद्योग संचालन गर्दा अनिवार्य रुपमा वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) र वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० गर्नु पर्दछ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ अन्तर्गत खनिज कार्य गर्न चाहने व्यक्तिले खानी तथा भूगर्भ विभागको अनुमति लिनुपर्ने र अनुमतिप्राप्त गरेको व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने लगायतका विभिन्न प्रक्रिया तथा शर्तहरूको पालना गर्नुपर्ने बाध्यकारी नियमको व्यवस्था गरेको छ । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा २ किलोमिटर टर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहेपनि बक्राहा खोलाकै धारमा केही महिनाअघि सो क्रसर उद्योग सञ्चालन गरिएको छ । गुम्बा, विद्यालय र मानव वस्तीकै बीचमा क्रसर सञ्चालन रहेको छ ।

यसैबीच प्रदेश नं. १ को प्रदेशसभा बैठकमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरहरु बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मोरङमा संचालनमा रहेका २२ वटा क्रसर उद्योगमध्ये ८ वटा मात्रै दर्तामा रहेको भन्दै त्यसखालका उद्योग बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अवैध रुपमा उद्योगहरुले जथाभाबी उत्खनन् गरिरहेको विषयमा सरकारको ध्यान जान नसकेको गुनासो पनि गरेका छन् । मापदण्ड विपरीत ठूला मेसिन प्रयोग गरी खोलानालाबाट प्राकृतिक स्रोत दोहन भइरहेको छ । क्रसर व्यवसायीले नियम विपरीत उत्खनन् गरेपनि स्थानीय निकाय तथा प्रहरी प्रशासन मौन छन् ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved