भविष्यमा गुलाबको फूलको सुगन्ध अझ मधुर हुनसक्छः अनुसन्धानकर्ता

  • प्रकाशित मितिः बैशाख , 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / कविहरुले लामो समयदेखि प्रेम र सुन्दरताको वर्णन गर्दा गुलाबको उपमा दिँदै आएका छन्। तर यही गुलाबको सुन्दरता र सुगन्धको रहस्यबारे विस्तृत अध्ययन चाहिँ वैज्ञानिकहरुले हालै मात्र गरेका छन्।

 करिब ८ वर्ष लगाएर गरिएको यो आनुवंशिक अध्ययनबाट केही अनौठा तथ्यहरु समेत सार्वजनिक भएका छन्।

गुलाबको एक प्रमुख विशेषता भनेको यसको रङ र सुगन्धको विविधता हो। अनुसन्धानकर्ताहरुका अनुसार भविष्यमा अझै धेरै रङका गुलाब विकसित हुनेछन्। त्यस्तै यसको सुगन्ध पनि अझ मीठो हुनेछ।

गुलाब आनुवंशिक रुपमा स्ट्रबेरीसँग निकट रहेको तथ्य पनि उनीहरुले फेला पारेका छन्।

यसको सुगन्ध, रङ र फूलको आयुबारे फ्रान्स, जर्मनी, चीन र बेलायतका अनुसन्धानकर्ताहरुले अध्ययन गरेका थिए।

हजारौँ वर्षअघि सम्भवतः चीनबाट यसको खेती सुरु भएको थियो। रोमन साम्राज्यको समयमा अत्तर बनाउन यसको खेती गरिन्थ्यो।

यो अध्ययनले नयाँ प्रजातिका गुलाबको फूल विकास गर्न सहज हुने बताइएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved