गुपचुप बिहे गरेकै हुन् त प्रियंकाले ?

  • प्रकाशित मितिः बैशाख , 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / अभिनेत्री प्रियंका चोपडाले गुपचुप बिहे गरेको खबरले यतिबेला बलिउडमा ठूलै हलचल मच्चिएको छ । उनले सेयर गरेको एक तस्बिरका कारण यस्तो हल्ला फैलिएको हो ।

हालै असममा टूरिजम प्रमोट गर्न पुगेकी प्रियंकाका केही तस्बिर पनि बाहिरिए । एक तस्बिरमा उनको हातमा मंगलसुत्र जस्तै ब्रेसलेट लगाएकी छिन् । उनको यही तस्बिरलाई मंगलसुत्र लगाएको र उनले लुकिछिपि विवाह गरेको हल्ला फैलिएको हो ।

उनको उक्त फोटो भाइरल भयो र सबैले उनले विवाह गरेको अड्कल काटे । तर उक्त ब्रेसलेट मंगलसुत्र नभएर मात्र एउटा ब्रेसलेट भएको उनले ट्वीट मार्फत जानकारी दिइन् । उनले आफ्नो विवाह गोप्य नराख्ने र जानकारी दिएरै विवाह गर्ने समेत उक्त ट्वीटमा बताइन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved