भोक

  • प्रकाशित मितिः चैत्र, 28, 2074
  • पुस्तीका भण्डारी

मेरो मानसपटलको एक कुनामा थन्किएको तस्बिर
खुत्रुक्क जब ओर्लियो मेरो मोबाइलको स्क्रिनमा
अनि निथ्रुक्क भिज्यो स्क्रिन.......
मोबाइलको हैन, मेरो नयनको ।

निचोरिएका मेरा नयनले
अनायासै,
लाचार आँसुहरुको बलि चढाए त्यो तस्बिरमा
तप्प!तप्प!!तप्प!!!
त्यो निर्जीव तस्बिरको सजीव आँखाहरु
एकाएक वाण हान्न थाले मलाई
प्रश्नहरुको वाण ।

सकिँन मैले अहँ
सक्दै सकिँन
त्यो प्रश्नहरुको प्रहार सहन
जो आँफैमा एक क्रा्रन्ती बनेका छन् ।

त्यो निर्जीव शरिरको सजीव हात
मेरो सामु दयाको भिख माग्दै तेर्सिनुअघि
मेरो सजीव शरिरको निर्जीव जस्तै भएको औँलाले
हतास बन्द गर्यो
यो समाजको एक सत्य घटनामा आधारित नाटक
मञ्च भइरहेको मेरो मोबाइल ।

सत्यताबाट भाग्ने मेरो इच्छा पूरा गर्न
छिटो छिटो चल्न थाले मेरा गोडा, सडकपेटीमा
झल्याँस्स ब्युँझिएजस्ती भएँ म
अगाडीको दृश्यले
सत्यताबाट भाग्ने मेरो इच्छा पूरा गर्न
दौडिने मेरा गोडा समाइ भन्दैछ एक बालक-
'दिदी ५ रुपैयाँ दिनुस न भगवानले तपाईको इच्छा पूरा गर्नेछन् ।'

 

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved