कोशी टप्पुमा विश्वकै दुर्लभ अर्ना गणना शुरु

  • प्रकाशित मितिः चैत्र, 28, 2074
  • पहिलो किताब संवाददाता

ईटहरी / कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणनाको कार्य सुरु गरेको छ।

प्रत्येक दुई वर्षको अवधिमा गरिने गणना वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार मंगलबारदेखि सुरु गरिएको हो।

अघिल्लो दुई वर्षअघिको गणनानुसार आरक्षमा ४३२ अर्ना थिए। एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजना अनुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्या घटेको अनुमान गरिएको छ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्र अर्थात् विश्व रामसार क्षेत्रमा पहिलो पटक सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्ना गणनाको तीनदिने अभियानको प्रारम्भ बराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनाल र सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले गरेका थिए।

त्यस अवसरमा प्रमुख खनालले नेपालको प्रमुख प्राकृतिक सम्पदामध्ये विश्वभरका पर्यटकलाई लोभ्याउन सकिने सम्पदाका रुपमा रहेको अर्ना तथा आरक्ष क्षेत्रमा रहेका दुर्लभ प्रजातिका वन्यसम्पदा सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई आरक्षप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्न आग्रह गरेका छन्। अर्ना गणनाका लागि चार टोली परिचालन गरिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved