खुम्बु आउने पर्यटकको संख्या बढ्दै

  • प्रकाशित मितिः चैत्र, 24, 2074
  • पहिलो किताब संवाददाता

सोलुखुम्बु / फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । 

सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका छन् ।
सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले बताए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।

सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एक/एक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको तामाङले जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले जानकारी दिए ।

फागुन महिनामा पर्यटकबाट ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved