हवाई जहाजबाट हाम्फालेर बाँचेका प्रेम

  • प्रकाशित मितिः फाल्गुन, 28, 2074
  • रणध्वज लोहार

तीन वटा खुट्टा बन्यो जीवनको सहारा

धरान प्रेम बहादुर थक्लुङ, उमेरले अहिले ४६ वसन्त पार गरिसकेका छन् । उमेर बढेसँगै उनको जोश जाँगर पनि बढ्दो छ । अर्थात जोश, जाँगर, काम गराइ जवानीको जोश झै छ । सुकिला र फुर्तिला देखिने थक्लुङको बाहिरी हाउभाउ जस्तो दखिन्छ, उनको भित्री शारिरीक अवस्था भने त्यस्तो छैन । उनी शारिरीक रुपमा असतm छन् ।दुइ खुट्टाले मात्रेै हिडडुल गर्न नसकने थक्लुङलाई वैशाखी साहारा नभई हुदैन् ।उनी त्यस्तो शरीर लिएर पनि जस्तो सकुै ठाउँ सम्म पुग्न सक्छन । आँट र हिम्मत भए जस्तो सुकै परिस्थिती आइलागे पनि मानिस अघि बढ्न सक्दो रहेछ भन्ने उहादरणका धनी हुन प्रेम थक्लुङ । उनी भन्छन्, “सजिलो बाटो त जस्ले पनि हिड्छ नी हजुर अप्ठ्यारो बाटो हिड्न सक्ने मान्छे पो मान्छे हुन सक्छ होइन र ? मलाई त अप्ठ्यारो जीवनको अप्ठयारो बाटो नै सजिलो लाग्छ । ”

को हुन प्रेम ?
सखुवासभा नुनढाकीमा जन्मिएका उनी पुर्व व्रिटिस लाहुरे हुन ।सन् १९७२ जुलाई २२ मा बुबा वीर बहादुर र आमा सुकमतीको काइला सुपुत्रको रुपमा उनी जन्मिएका हुन् ।

पारिवारिक पृष्ठभुमि नै लाहुरे भएकाले पनि उनलाई पनि सानैदेखि ज्यान बनाउने अनि लाहुरे बन्ने मोह जाग्यो । त्यहँ भएर पढाई भन्दा पनि उनको ध्याउन्न सानैदेखि लाहुरे हुने तिरै केन्द्रित भयो । नुनढाकीमा नै कक्षा ५ सम्म अध्ययन गरेर अन्तत ः उनी लाहुरे भर्ती हुन अभ्यास तिर लागे । पारिवारिक पृष्ठभुमि नै लाहुरे भएकाले उनले पनि त्यो सपना बोक्नु स्वाभाविक नै हो तर उनी लाहुरे नै बन्नुको कारण सुन्दा शुरुमा हाँस पनि उठ्छ तर उनको भनाईमा अवस्य नै दम छ । नेपालको काम र दाम प्रति उनको भनाईले व्यङ्ग प्रहार गर्दछ । उनी भन्छन् , “त्यो बेला मलाई पठाउने शिक्षकले मासिक ८ सय रुपैयाँ पाउँथे तर म त एक महिनामा नै १२ सयको जाँड खान्थे अनि नेपालको कमाईले नहुने रेैछ, लाहुरे नै हुने सपना देखें र भए पनि । ”

नपढेकोमा पछुतो
कक्षा ५ मा पढ्दा पढाई छाडेर प्रेम गल्ला भिडे र अन्ततः लाहुरे समेत भए । सन् १९९२ मा पोखराबाट लाहुरेका लागि भिडेर उनी ब्रिटिस लाहुरे हुन सफल भए । लाहुरे हुने सपना बोकेर पढाई नै छाडेर लाहुरे त भए तर जव उनी युके पुगे अनि मात्रै पढाई नै जीवनमा ठुलो रहेछ भनेर पछुतामा परे । त्यो बेला आँखा त खुल्यो तर अव बेला वितेपछि के नै हुदो रहेछ र ? त्यसैले जीवनमा पढाई नै अघि बढ्ने महत्वपुर्ण पाटो भएकाले अध्ययन प्रति जो कोही पनि सिरियस भएर शिक्षा आर्जन गर्नपर्ने उनी बताउँछन् । तर नेपालमा पढेर पनि सरकारले व्यवस्थापन गर्न नसक्दा युवाहरुले समस्या भोग्नु परेको थक्लुङको भनाई छ ।नेपालमा नै पढाई आर्जन गरेकालाई सरकारले उचित व्यवस्थापन गर्न नसक्दा दक्ष जनशतिm पनि विदेश पलायन हुनु पर्ने बाध्यता रहेको व्यावस्थापन गर्न जरुरी रहेको उनी बताउँछन् । लाहुरे नै बन्नु पर्छ भन्ने छैन तर अध्ययन चाहिँ अनिवार्य छ । पढेर लाहुरे लाग्यो भने लाहुरेमा पनि राम्रो भविष्य हुन्छ । योग्यताको आधारमा लाहुरेमा पनि प्राथमिकता पाइन्छ । कक्षा ५ सम्म पढेका उनले पुन लाह्ुेरमा कक्षा १२ सम्मको पढाई पुरा गरेको छन प्रेमले । “शुरुको सोचाई गलत रहेछ पछि पो बुद्धि आयो अनि फेरी पढियो ” उनी भन्छन ।

लाहुरे अनुभव
ब्रिटिस लाहुरको अनुभ सुख–दुख दुवै पाटाहरु छन् । सुख भन्दा पनि दुखको पाटोले नै मान्छेलाई अघि बढ्न मद्धत पु¥याउने प्रेम बताउँछन् । ब्रिटिस लाह्ुरेमा उनले पुरा कार्यकाल बिताउन पाएनन् । १६ वर्ष ३ महिना मात्रै काम गर्न पाए ।उनको सपना व्रिटिस लाहुरेको मेजर सम्म बन्ने थियो तर दुर्भाग्य उनको त्यो सपना पुरा हुन सकेन । कारण थियो उनी दुर्घटनामा परे ।

लाहुरेको स्पेशल कोर्ष गर्दा युकेमा हवाई जहाजबाट हाम्फाल्दा दुर्घटनामा परेका थिए । प्राक्टिस गर्ने क्रममा उनको हवाईजहाजबाट १५ सय मीटर दुरीमा जमीनमा हाम्फाल्दा उनको ढाड भाँचियो ।त्यसपछि उनले असतm जीवन बिताउनु परेको छ । प्यारासुटलाई कन्ट्रोल गर्न नसक्दा हावाकोले बढी तानेर उनी भुँईमा बजारिए । त्यती बेला त खासै समस्या भएन तर बेलुका भएपछि ढाड एकदमै दख्न थाल्यो र ढाडमा समस्या भएको थाहा पाएँ । पुरा कार्यकाल लाहुरेको समयअवधी काट्ने इच्छा भएपनि उनले सकेनन् ।

गेसोसँग वितृष्णा
पुर्व ब्रिटिस लाहुरेको अधिकारको लागि कार्यरत गेसो प्रति उनको वितृष्णा रहेको छ । गेसो भनेको पुर्व ब्रिटिस लाहुरेको हक अधिकारको लागि क्रियाशील साझा संस्था भएपनि साझा संस्था बन्न नसकेको उनको गुनासो छ । उनको चित्त दुखाई बेलायत सरकारसँग गोर्खाहरुको अधिकारका पाउनको लागि लाहुरेहरुसँगै पैसा उठाएको प्रति हो । त्यो बेला कुनै रुपैयाँ पैसा लाग्दैन थियो तर गेसोले प्रत्येक लाहुरेसँग पैसा लिएको थियो । सुन् २००४ देखि २०१५ सम्मको ब्रिटिस लाहुरे समान गोर्खाजलाई पनि पेन्सन उपलव्ध गराउने माग आन्दोलनमा पैसा उठाइएको थियो । बेलायत सरकारले निशुल्क रुपमा मुद्धा लडेको भएपनि गेसोमा नेतृत्व गर्नेको स्वार्थले त्यसो गरेको उनी बताउँछन, जुन गलत थियो ।

युके र नेपाललाई यसरी जोड्दैछन्

प्रेम थक्लुङ नेपाल भन्दा पनि बढी युकेमा बस्छन् । उनको युकेमा नै सिटिजनसिप पाएपनि अधिकांश समय नेपाल आउने गर्दछन । आफु जन्मेको स्थान र नेपालका विभिन्न स्थानहरुमा पुगेर काम गर्दछन् । सन् २००८ मा गोरखा पिस फाउण्डेशन नामक सस्था गठन गरेर पुर्व गोरखाहरुको हक हित र अधिकारको रुपमा लड्दै आइरहेको छन् । उनकै नेतृत्वमा समुहगत रुपमा गोरखाहरुको अधिकारको आन्दोलनमा अग्रसर भएका थिए । अहिले पनि नेतृत्व गरि नै रहेका छन् । २०१० मा इन्टरनेशनल रुपमा नै पिस फाउण्डेशन दर्ता गरेर सक्रिय भए । अन्ततः पुर्व गोरखाहरुले पनि अहिले त्यहीको नागरिक भएर बाँच्न पाएका छन् । थक्लुङले युकेमा रहेपनि नेपाल आउजाउको क्रममा थुप्रेै सामाजिक सक्रियताको कामहरु गरेका छन् । ग्रामीण भेगका जनताहरुलाई सेवा प्रदान गरेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा उतिकै सक्रिय भएर काम गरेका छन् । संस्था मात्रै उनले नेपालको बाग्लुङ, सोलुखुम्बु, इलाम, संखुवासभा लगायतको स्थानहरुमा योगदान पु¥याएका छन् । सुखवासभा नुनढाकी तातोपानी जुन पर्यटकीय दृष्टिले पनि निकै महत्वपुर्ण मानिन्छ । त्यसको प्रर्वद्धन र प्रचार गर्न सकेमा प्रदेश नम्बर १ कै उत्कृष्ट स्थान वन्ने संभावना छ । त्यसको प्रर्वद्धनको लागि उनी कम्मर कसेर लागेका छन् । त्यसैगरि पुर्वको विभिन्न स्थानका ग्रामीण भेगमा जनतासँग अझै पनि सेवामुलक काम गर्ने उनको लक्ष्य रहेको छ तर सरकारी ढिलासुस्ती र वेवास्ताको कारण उनी दिक्क पनि छन् । उनी भन्छन् , सरकारी नीति नै ठिक छैन, त्यसैले काम गर्न गाह्रो छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved