आरती स्ट्रिप्स कसको स्वामित्वमा ? संजीव, अश्विनी र विशालमाथि अनुसन्धान

  • प्रकाशित मितिः मंसिर, 9, 2074
  • नवराज कट्टेल

विराटनगर/ भुषण पावर एण्ड स्टील लि.इण्डियाले बैंकहरुलाई ६० सय करोड डुबाएपछि भारत सरकारले उद्योग सीजको तयारी ग¥यो । नेपाल सरकारले महत्वपूर्ण व्यवसायीक कदरले सन् २०१४ मा भुषण पावरलाई सम्मान गरेको थियो । भुषणकै विङ्स आरती स्ट्रिप्स विराटनगरमा छ, जसले भारतसँग गरेको वस्तु व्यापारका आधारमा उसबेला भुषणले सम्मान पाएको थियो ।

नेपालमा सम्मान पाएको तीनवर्षमै भारत सरकारको लिलामी प्रक्रियामा परेको भुषणले आरती स्ट्रिप्सको प्रमोटर भने परिवर्तन गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा तीनजना डाइरेक्टरको नाममा आरती दर्ता छ । जसमध्ये संजीव शर्मा (टेक्निकल), अश्विीनी शर्मा (एकाउन्टेन्ट) र बिशाल गुप्ता (फाइन्सियल) डाइरेक्टरको रुपमा कम्पनी नियम अनुसार देखिन्छन् ।
तीनैजना आरती स्ट्रिप्सका केहिवर्ष अगाडीसम्म कर्मचारी मात्र हुन् ।

एकाएक ९ अर्ब बराबरको उद्योग तीनजना व्यक्तिको नाममा राखिनुलाई पहिलो त भुषण पावरको चलख्याँई मानिएको छ । दोस्रो अहिलेका तीनजनाको बद्मासी । तर, जे भएपनि नेपालमा सञ्चालित भारतिय कम्पनीको स्वामित्व परिवर्तन हुनु वा खरिद बिक्री हुने प्रक्रियाको क्रममा तिर्नुपर्ने लाभांश कर भने बुझाईएको छैन ।

आरती स्ट्रिप्सले नेपालका सरकारी कार्यालयमा अलग–अलग प्रतिवेदन बुझाउँदै आएको छ । यस प्रकरणमा समेत आरतीले सरकारलाई ठगेर लाभांश कर तिर्नबाट छक्यााएको रहस्य खुलेको छ । साधारण त्यहि कम्पनीका कर्मचारीले एकाएक ९ अर्बको उद्योग खरिद कसरी गर्न सक्छन् भन्ने आशंकाकै बीच थप ४ अर्बको नयाँ प्लान्ट लगाउने तयारी समेत सुरु गरिएको छ ।
मजदुरलाई मुनाफाको १० प्रतिशत बोनस बितरण गर्नुपर्ने प्रावधान छल्न श्रम कार्यालयमा झुटो विवरण पेश गरेको आरतीले सरकारलाई लाभांश कर बुझाउनका लागि समेत गलत प्रतिवेदन पेश गरेर उद्योगको स्वामित्व हस्तान्तरण गरेको छ ।
उद्योगका टेक्निकल डाइरेक्टर संजीव शर्मा प्रमोटरको विषय खुलाउन उचित नहुने बताउँछन् । भारतमा बैंक ठगेको भुषण लिलामी गर्नुपर्ने अवस्थामा पुग्दा नेपालमा समेत बैंकलाई डुबाउन सक्नेतर्फ सतर्कता जरुरी रहेको विश्लेषण गरिन्छ ।
आरतीकै एकाउन्टेन्ट डाइरेक्टर अश्विनी शर्माले उद्योग नाफामा रहेको बताएका छन् । तर, पनि मजदुर र कर्मचारीलाई बोनश दिनुपर्छ भन्ने मनसाय राखेर आरतीले श्रम कार्यालयमा विवरण झुटो पेश गरेको देखिन्छ । नेपालमा स्थापित उद्योगले प्रमोटर परिवर्तन गर्दा पूँजीगत लाभ वापत तिर्नुपर्ने लाभांश कर बुझाउनका लागि कानुन छलेको खुलेको हो ।

राजश्व विभागमा अनुसन्धान
रंगिन जस्तापाातामा प्रयोग हुने रंग आयात प्रकरणमा राजश्व छलि गरेको आरोपमा आरतीको एउटा फाइल राजश्व अनुसन्धान विभागमा विचराधिन रहेको छ । ६० करोड भन्दा बढी मुल्यको रंग ल्याउँदा न्यून भन्सार बिल बनाएको आरोपमा राजश्व अनुसन्धानले कागजात अध्ययन गरिरहेको बुझिएको छ ।

अन्य आयातकर्ताले त्यहि परिमाणमा सामान ल्याउँदा ८० करोड भन्दा बढीको भन्सार क्लियरेन्स हुने भएपनि आरती स्ट्रिप्सले ल्याएको सामान ५० करोड भन्दा कम रहेको भन्दै राजश्वले अनुसन्धान गरिरहेको छ । आरतीका टेक्निकल डाइरेक्टर शर्माले भने त्यो विषयमा फाइनान्सियल डाइरेक्टर बिशाल गुप्तालाई जानकारी हुने बताएका थिए । तर, गुप्ताले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

तीन डाइरेक्टरबीच तिव्र विवाद
आरतीका तीन डाइरेक्टरमध्ये संजीव र अश्विनी शर्मा नाता भित्र पर्दछन् । उनीहरु दाजुभाई हुन् । अर्का बिशाल गुप्ता साझेदार हुन् । उनीहरुबीच उद्योग भित्रै शक्तिको विषयमा विवाद रहेको बुझिएको छ । एकले अर्कोलाई चलाउन सक्ने अवस्था छैन । ‘मैले यहाँ बोलाए, उनीहरु आएनन्’ टेक्निकल डाइरेक्टर संजीव शर्माले अन्य दुई साझेदारको विषय कोट्याउँदै भने ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved