अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

  • प्रकाशित मितिः माघ, 24, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् ।

अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो । आजको कान्तिपुरको चौथो पृष्ठमा यो खबर छापिएको छ ।

समाचारमा लेखिएको छ, हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।

कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन ।

कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कोम कार्कीले खबर लेखेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved